सेना दिवस विविधि कार्यक्रम गरि मनाईदैं

समाज मङ्लबार फाल्गुन १७, २०७८

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ ।

सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि गरिने छ ।

Leave a Comment