गृहमन्त्रालयद्धारा म्यादी प्रहरी भर्ना गर्ने तयारी

मुख्य खबर मङ्लबार फाल्गुन १७, २०७८

काठमाडौं । नेपाल  प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ ।

स्थानीय चुनावको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ । एक लाखभन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्दै म्यादी प्रहरी भर्ना लिने तयारी गरेको छ ।

करिब एक महिनाका लागि म्यादी प्रहरी राखिने म्यादी प्रहरीले २४ हजार तलब पाउँनेछन् भने पोशाक भत्ता पाँच हजार र खाजा सुविधा पाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

म्यादी प्रहरीलाई जवान सरह सेवा, सुविधा दिने तयारी छ। म्यादी प्रहरी छनौट गरेपछि करिब १० दिन प्रशिक्षण दिने तयारी छ। स्थानीय चुनावमा भाग लिन ८० दलले दर्ता निवेदन दिइस

Leave a Comment