राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने

मुख्य खबर मङ्लबार फाल्गुन १७, २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ ।

बैठक बस्नु अगाडि भोली पदाधिकारीको बैठक बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।

देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो।

Leave a Comment