एमसीसी अनुमोदनपछि कांग्रेसको निष्कर्ष, भ्रमको खेती गर्नेहरूको काम बन्द भयो

मुख्य खबर सोमवार फाल्गुन १६, २०७८

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन भएपछि पत्रकार सम्मेलन गर्दै राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भएको बताएको छ । पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले पत्रकार सम्मेलन मार्फत पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् ।

“जुन स्प्रिटमा संसद्बाट एमसीसी पास गरेउ त्यही स्प्रिटमा लागु हुनेछ । नेपालको संविधान कानुनअनुसार यो सम्पन्न हुनेछ,” महतले भने, “व्याख्यात्मक घोषणामा हाम्रो बुझाइ र परियोजनामा समानता छ । यो आयोजना अघि बढ्नेमा सुनिश्चितत भएको छ । समयमा आयोजना सम्पन्न गर्न ध्यान जानुछ जसले सबै भ्रम पनि चिर्नेछ र नयाँ दातृ निकायमा पनि नयाँ अध्याय सुरु हुनेछ ।”

उनले एमसीसी संसद्बाट पारित भएसँगै राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भएको पनि बताए । “अफवाह, भ्रम र द्विविधा चिर्दै संसद्ले एमसीसी सहयोग अन्तर्गत आर्थिक सहायता अनुमोदन गर्‍यो । प्रतिपक्षि दलबाट पनि सहयोग प्राप्त भएको बुझेका छौँ,” महतले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्क निर्णय र धैर्यताले यो सम्झौता अनुमोदन गर्ने आधार तय भएको हो ।”
प्रवक्ता महतले सत्ता गठबन्धन दल आगामी निर्वाचन सम्म कायम रहने समेत ठोकुवा गरे ।

Leave a Comment