काठमाडौं । एमसीसी अनुमोदनको विरोधमा संघीय संसद भवन अगाडी राखेको कुकुर बम भित्र इटाको टुक्रा र कागज भेटिएको नेपाली सेनाले जनाएको छ ।
नो एमसीसी लेखेर अज्ञात समूहले आज बानेश्वर स्थित संसद भवनको मूल गेट अगाडी कुकुर बम राखेको थियो ।
अत्यन्तै व्यस्त मानिने उक्त सडकमा भेटिएको कुकुर बमलाई नेपाली सेनाले डिस्पोज गर्न खोज्दा कुकर भित्र इटाको टुक्रा र कागज भेटिएको जनाएको छ । बम हुन सक्ने आशंकामा डिस्पोजका लागि आएको सेनाको टोलीले प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको बतायो ।
शंकास्पद वस्तुको परीक्षणपछि त्यहाँ कुनै पनि विष्फोटजन्य पदार्थ नभेटिएको क्याप्टेन सन्दीप थापाले जानकारी दिए । ‘हामीले भित्र हेर्दा इँटाको टुक्रा, प्लाष्टिक र नो एमसीसी लेखिएको कागजमात्र भेट्यौं । त्यो तर्साउने हिसाबले राखिएको फेक बम मात्र हो ।