काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदनको विरोधमा आज बन्दकर्ताहरुले संघीय संसद भवन अगाडि कुकर बम राखेका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुल सडकमा शंकास्पद वस्तु भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् ।त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरी स्रोतले बताएको छ ।
सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बमलाई नेपाली सेनाको टोलीले निस्कृय गर्ने काम गरिहेको प्रहरीले जनाएको छ।