रुसमा युद्ध विरोधी प्रदर्शन चौथो दिनमा प्रवेश गरेपछि झण्डै ६ हजार पक्राउ

अन्तर्राष्ट्रिय सोमवार फाल्गुन १६, २०७८

एजेन्सी । रुसमा युद्ध विरोधी प्रदर्शन चौथो दिनमा प्रवेश गरेपछि झण्डै ६ हजार पक्राउ परेको अनुगमन संचार माध्यमले जनाएको छ ।

क्रेमलिनले युक्रेनमा आक्रमण गर्ने आदेश दिएदेखि रुसी अधिकारीहरूले देशभरि गैर(स्वीकृत युद्ध विरोधी प्रदर्शनमा भाग लिएका ५,७९४ जनालाई हिरासतमा लिएको स्वतन्त्र निगरानी संचार माध्यम ओभिडी (इन्फोले आइतबार जानकारी गराएको छ ।

ओभिडी (इन्फोका अनुसार अमेरिकाको पूर्वीय समय दिउँसो ३ बजेसम्म २,६५० मानिसहरूलाई देशभरका ५१ शहरहरूमा विरोध प्रदर्शनको लागि हिरासतमा राखिएको बताएको छ ।

१,२२५ जनालाई मात्र रुसको राजधानी मस्कोमा मात्र हिरासतमा राखिएको छ । रूसी कानून अन्तर्गत, ठूला प्रदर्शनहरू आयोजना गर्न प्रदर्शनकारीहरूलाई अनुमति लिन आवश्यक छ । प्रदर्शन गर्न अनुमति लिन १५ दिन भित्र तर कार्यक्रम हुनु भन्दा १० दिन अगाडी पेश गर्नु पर्छ।

गत बिहीबार रुसको अनुसन्धान समितिले कुनै पनि युद्ध विरोधी प्रदर्शनमा भाग लिनु गैरकानुनी भनि चेतावनी दिएको थियो।

Leave a Comment