काठमाण्डौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ । एरो थाईको जहाजले क्यालिब्रेशन उडान गरेको हो ।
यो सँगै उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक कामसमेत सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताउनुभयो । परीक्षण उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पठाउने तयारी गरिएको उहाँले बताउनुभयो । आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान हुने छ ।
आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान गर्ने र जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने प्राधिकरणले जनाएको छ ।