सरकारद्धारा बेरोजगार व्यक्तिको आवेदन माग

समाज सोमवार फाल्गुन १६, २०७८

काठमाण्डौ । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्ष २०७९÷८० को लागि निवेदन माग गरेको हो ।

गत आर्थिक वर्षमा दुई लाख जनालाई रोजगारी दिएको सरकारले यो आर्थिक वर्षको लागि निवेदन मागेको कार्यालयका उपसचिव लोकनाथ भूसालले जानकारी दिनुभयो । उहाँले आफू बेरोजगार भएको प्रमाण पुष्टि हुनेगरी कागजातसहित आवेदन दिन सकिने बताउनुभयो ।

आवेदन दिनका लागि फागुन मसान्तसम्मको समय तोकिएको छ । गत वर्ष ७ लाख ८ हजार सूचिकृत भएकामा दुई लाखले रोजगार पाएका थिए ।

Leave a Comment