युद्धग्रस्त युक्रेनबाट नेपालीहरु छिमेकी देश प्रवेश गर्ने क्रम बड्दो

अन्तर्राष्ट्रिय सोमवार फाल्गुन १६, २०७८

एजेन्सी । युद्धग्रस्त युक्रेनबाट नेपालीहरु छिमेकी देश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरी प्रवेश गर्ने क्रम चलिरहेको छ । अहिलेसम्म पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरीमा ५८ जना नेपाली प्रवेश गरिसकेका छन् । ९० जना नेपाली सीमाक्षेत्रमा पुगेका छन् । ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । पोल्यान्डमा मात्रै ३० नेपाली प्रवेश गरेका छन् । ७० जना लाइनमा छन् । पोल्यान्डले सीमा क्षेत्रमा रोकी राखेकाले घण्टौँसम्म लाइनमा बस्न नेपाली बाध्य भएका छन् । सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीलाई पोल्यान्ड प्रवेशका लागि गैरआवासीय नेपाली सङ्घले समन्वय गरिएको छ ।

त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् । स्लोभाकियामा गैरआवासीय नेपाली सङ्घले आईओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको बर्लिनमा रहेको दूतावासलाई जानकारी दिएको छ । युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छोडाकासमेत अहिलेसम्म दुई सय २८ जना नेपाली बर्लिनमा रहेका नेपाली राजदूतावासको सम्पर्कमा छन् ।

अहिलेसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ ।

Leave a Comment