काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले संसदबाट एमसीसी पास गराएर देशसँगै र पार्टीलाई गम्भीर राजनीतिक दुघर्टनाबाट बचाएको दाबी गरेको छ ।
गएराति एमसीसी पास भएलगत्तै अध्यक्ष प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनुभएको हो ।
उहाँले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बाँचिएको दाबी गर्नुभयो । यो विषयमा पार्टी अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताउनुभएको छ ।