काठमाडौं । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको बन्द गरेको छ । काठमाडौँ उपत्यकामा बन्दको सामान्य प्रभाव देखिएको छ । ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन्।
बन्दका कारण धेरै जसाे सार्वजनिक यातायातका साधन चल्न सकिरहेका छैनन् । आजको बन्दलाइ प्रभाव पार्न खोज्ने तथा प्रहरी माथी ढुगां ,मुडा गर्न खोज्ने ६ जनालाइ बिहान काठमाडांैको बिभीन्न स्थानबाट पक्राउ गरिएको माहानगरीय प्रहरी परिसरका प्रवक्त्ता सन्तोष सिहं राठोरले नेपाल एफ .एम नेटवर्कलाइ जानकारी दिनुभयो । यो बाहेक अहिलेसम्म कुनै अप्रीय धटना नभएको र अहिले अवस्था सामान्य रहेको समेत उहाले बताउनुभयो ।
बन्दकर्ताले केही सवारीसाधनमा पनि तोडफोड गरेको प्रहरीको भनाइ छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादीलगायत ८ दलले बन्दको आह्वान गरेका हुन्। बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ ।
.
काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।