रुसी विमानलाई जर्मन हवाई क्षेत्रबाट प्रतिबन्ध

Uncategorized आइतवार फाल्गुन १५, २०७८

जर्मन यातायात मन्त्री भोल्कर विसिङका अनुसार जर्मनीले रुसी विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ।

यस प्रतिबन्धको तयारी भइरहेको छ, मन्त्रालयका प्रवक्ताले सिएनएनलाई भने।

लुफ्थान्साले पनि युक्रेनमा युद्धका कारण तुरुन्तै रुसी हवाई क्षेत्रलाई त्याग्ने छ ,लुफ्थान्साका प्रवक्ताले भने। लुफ्थान्साले अब रसियाली गन्तव्यहरूमा सेवाहरू सञ्चालन नगर्ने बताएको छ।

रुस जाने र आउने सबै उडान शनिबारदेखि आगामी सात दिनका लागि स्थगित गरिएको छ । रूसी आकाशमार्गमा रहेका उडानहरूले यसलाई छोटो समयमा छोड्नेछन्।

“हाम्रा यात्रु र चालक दलको सुरक्षा कुनै पनि समयमा हाम्रो लागि सबैभन्दा प्राथमिकता हो,” लुफ्थान्साले सिएनएनलाई पठाएको समाचार विज्ञप्तिमा भनेको छ ।

Leave a Comment