काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ।
उक्त सहमतिसँगै एमसीसी विवादका कारण सत्ता गठबन्धनमा देखा परेको सङ्कट तत्कालका लागि टरेको देखिएको छ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसद्बाट पारित गर्न गठबन्धनका प्रमुख दल सहमत भएको जानकारी दिए ।
पौडेलले भने, यो इन्डो प्यासिफिक रणनीतिको अङ्ग होइन, विशुद्ध आर्थिक र विकास सहयोगका रूपमा यसलाई हामी बुझ्छौँ भनेर सदनमा उठेका प्रश्नहरूलाई सरकारले जवाफ दिन्छ र व्याख्यात्मक टिप्पणी साथै राखेर सदनमा प्रस्तुत गर्छ।
आजै प्रतिनिधिसभाको दोस्रो बैठक बसेर यसलाई अनुमोदन गर्ने पौडेलेको भनाइ रहेको छ ।