एमसीसी अनुमोदन गर्ने निर्णय प्रति माओवादीका चार नेताको आपत्ती

Uncategorized आइतवार फाल्गुन १५, २०७८

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट ५ दलीय गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गर्ने निर्णय प्रति माओवादीका चार जना प्रभावशाली नेताहरुले आपत्ती जनाएका छन् ।

आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति राखेका हुन् । उनीहरूले व्याख्यात्मक टिप्पणीको विरोध गरेका थिए ।

उक्त निर्णय प्रति नेता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत भनेका छन, ५ दलिय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ ।यो निर्णयूप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं। यो महाधिवेशनको बिरुद्ध छ र गलत छ ।

Leave a Comment