काठमाडौं । नेपाली सिने जगतमा छोटो समयमा निकै चर्चा बटुलेका अभिनेता पल शाहलाई गायिका समिक्षा अधिकारीले बलात्कार विरुद्धको मुद्धा दायर गरेसँगै शाह आज प्रहरीकोमा आफै उपस्थित हुँदै छन् ।
अभिनेता शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छ नमस्कार सबैमा , मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गित गाउछु २ गते शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु ।
नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद । अभिनेता शाहले आफू विरुद्ध लागेको बलात्कारको मुद्धा अस्विकार गरेका छन् । उनले आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरि दुर्गेश थापा,सरोज ओलि, भाई कृष्ण जोशी र सम्राट चौलागाईले फसाएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए ।