काठमाडौं । एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धनका दलका शीर्ष नेताहरु सहभागी छन्।
आइतबार बिहान एकीकृत माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। एमसीसीमा अन्तिम निर्णय लिन संसद् बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बसेको हो। संसद् बैठक दिउँसो १ बजे बस्दैछ।