काठमाडौं । लामो समय देखि अमेरिकी सहयोग सम्झौता एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्र व्याख्या सहित एमसीसी संसदबाट अनुमोदन गर्नका लागि सहमत भएको छ ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
पार्टीले व्याख्यात्मक टिप्पणीसहित परियोजना पारित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । यस अघि कुनै पनि हालतमा एमसीसी पास नगर्ने र उस्तै परे सरकारबाट बाहिरीने धम्की दिने गरेको माओवादी केन्द्र एमसीसी अनुमोदन गर्न सहमत भएसँगै माओवादी केन्द्रलाई सत्ताको मोह बढेको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।