प्रतिनिधि सभाको बैठक अघि माओवादी केन्द्र र नेकपा एसको बैठक बस्दै

Uncategorized आइतवार फाल्गुन १५, २०७८

काठमाडौं । एमसीसीबारे छलफल गर्न माओवादी केन्द्र र नेकपा एसले आजको लागी वैठक बोलाएका छन । माओबादीले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने र बैठकमा एमसीसीबारे छलफल हुने जनाइएको छ ।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ । उक्त बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच हिजो पनि एमसिसीबारे छलफल भएको थियो ।

कांग्रेस र एमालेबीच एमसिसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका हुन् ।

Leave a Comment