सत्ता लोभमा माओवादी र एस- एमसीसी माथिको छलफलमा अनुपस्थित हुने !

मुख्य खबर शुक्रबार फाल्गुन १३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पाटीै (एस) सत्ता लोभमा परेका छन् । गठबन्धनको दलमा सहमती गर्ने र सडकमा जनताको विरोधलाई समर्थन गर्दै दोहोरो चरित्र देखाउँदै आएका नेकपा माओवादी र नेकपा एस सरकार नछोड्ने निर्णयमा पुगेका छन् ।

अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एस संसदमा टेबल भएको दिन अनुपस्थित भएर गठबन्धन जोगाउने खेलमा लागेका छन् । प्रतिनिधिसभाको बैठकमा माओवादी, नेकपा एस, नेमकिपा, राष्ट्रिय जनमोर्चा अनुपस्थित हुँदा र एमालेको अवरोध जारी रहँदा कांग्रेसको मात्र ध्वनि मतको आधारमा एमसीसी पास हुने अवस्था भएपछि यही अवस्थामा गठबन्धन पनि जोगिने र एमसीसी पास हुने भएकाले माओवादी मन्त्रीहरूले एमसीसी टेबल भएका दिन संसदमा अनुपस्तित हुने निर्णयमा पुगेका हुन् ।

देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेका छन् । माओवादीको प्रस्तावबमोजिम देउवाले गठबन्धन नटुट्ने गरी एमसीसी पास गर्ने विकल्पहरूबारे पार्टीमा छलफल थालेका छन् ।

शुक्रबार बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउनका लागि अधिकतम लचकता प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो ।

Leave a Comment