माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने,त्यस्तै परे सरकारबाट बाहिरिने

मुख्य खबर शुक्रबार फाल्गुन १३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग सम्झौता एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने बताएको हो ।

माओवादी नेता लीलामणि पोखरेललेका अनुसार, “एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको र सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने निर्णय गरिएको छ ।

Leave a Comment