एजेन्सी । ३१६ जना भन्दा ज्यादा रुसले युक्रेनमा गरेको आक्रमणमा १३० भन्दा बढी युक्रेनी सेवा सदस्य(सेना) तथा सर्वसाधारण मारिएको जानकारी वाशिंगटन पोष्टले समाचार लेखेको छ ।
राष्ट्रपति जो बाइडेनले बिहीबार रुसले युक्रेन विरुद्ध पूर्ण मात्रामा आक्रमण गरेपछि रुस विरुद्ध व्यापक प्रतिबन्धको घोषणा गर्दै ह्वाइट हाउसको सम्बोधनमा भने ,आक्रमण “अनुत्तरित हुन सक्दैन।”
बाइडेनले लगाएका प्रतिबन्धहरू सहयोगीहरूसँग समन्वय गरी रुसका कुलीन वर्गहरू र राष्ट्रका सबैभन्दा ठूलो स्वामित्व भएका बैंकहरू र यसको आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरूलाई लक्षित हुने बताए । युक्रेनमा सैन्य हमला गरेपछि अमेरिकाले रुसी बैंक र देशका भनाउदा ठूला कुलीन वर्गमाथि प्रतिबन्ध लगाएको छ ।
रुसले युक्रेनी शहर गाउँहरूमा बमबारी गर्दै राजधानी कीभतर्फ अघि बढ्दै तीन मुख्य मोर्चाहरूमा व्यापक आक्रमण सुरु गरेको छ। युक्रेनी राजदूतका अनुसार १३० भन्दा बढी युक्रेनी सेवा सदस्य र सर्वसाधारण मारिएको बताए ।
अधिकारीहरूले भने कि रुसी सेनाले परित्याग गरिएको चेर्नोबिल आणविक ऊर्जा कारखानालाई कब्जा गरेका छन ।
सिएनएनले भर्खरै अध्यावधिक गरेको समाचारमा १३७ जना युक्रेनी सेनाको ज्यान गएको र ३१६ जना भन्दा ज्यादा मानिस घाइते भएको जनाएको छ ।