एमसीसीसीका कारण सत्ता गठबन्धन विघटनको संघारमा

मुख्य खबर शुक्रबार फाल्गुन १३, २०७८

काठमाडौं । एमसीसी सम्झौतामा मतभेद बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ ।

अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो सामूहिक र एक्लाएक्लै छलफल भएको छ । दुई पक्षीय वार्ता सहमति नजिक पुगेको बताइएको छ । सहमतिको खाका तयार पार्न आज फेरि छलफल हुने पनि बुझिएको छ ।

हिजो बालुवाटारमा भएको बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक्लाएक्लै छलफल भएको थियो । कांग्रेस र एमालेबीच सभामुख हटाउने विषयमा सहमति भएको बुझिएको छ ।

 

Leave a Comment