ओलीलाई प्रचण्डको प्रस्ताव प्रधानमन्त्री र देउवाको प्रस्ताव सहकार्य गरौ

मुख्य खबर बिहिबार फाल्गुन १२, २०७८

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीका कारण सत्ता गठबन्धन अप्ठरोमा परेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई प्रधामन्त्री शेर बहादुर देउवाले सत्ता साझेदारका लागि प्रस्ताव गरेका छन् भने माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नै बन्न प्रस्ताव गरेका छन् ।
एमालेका एक नेताले भने,“हामीले प्रष्ट भनेका छौँ । अहिलेको सरकार परामदेशी सरकार हो । यसमा हामी सहभागी हुन सक्दैनौँ । एमालेले नेतृत्व गर्छ भने विचार गर्न सकिन्छ ।

राष्ट्रिय सरकारको नेतृत्व गर्दिनुस् भन्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्रीले पनि किचलो तोडेर जान सकिन्छ भन्ने कुरा छ । अहिलेको छलफलले एउटा निकास निकाल्छ,” ती नेताले भने ।

Leave a Comment