काठमाडौं । युक्रेनमा तनाव बढिरहेका बेला सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई नेपाल फर्किन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अत्यावस्यक कामबाहेक सबै नागरिकलाई तत्काल स्वदेश फर्किन भनेको हो । साथै अति आवस्यक अवस्थाबाहेककालाई युक्रेन भ्रमण नगर्न समेत आग्रह गरेको छ ।
अहिले युक्रेनमा रहेका ३८ नेपाली सम्पर्कमा रहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरु सबै सकुशल रहेको समेत जानकारी दूतावासले जनाएको छ ।
साथै आवस्यक परेको खण्डमा बर्लिन र मस्कोस्थित दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
हेर्नुहाेस् विज्ञप्ति जस्ताकाे त्यस्तै