बाघको आक्रमणबाट एक महिलाको मृत्यु

समाज बुधबार फाल्गुन ११, २०७८

काठमाण्डौ । बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको बर्दिया प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

Leave a Comment