मधेश प्रदेश सरकारको कानून मन्त्रालय १० महिनादेखि काम विहीन

प्रदेश २ बुधबार फाल्गुन ११, २०७८

काठमाण्डौ । मधेश प्रदेश सरकार अन्तर्गतको कानून न्याय तथा प्रदेश सभा मन्त्रालय १० महिनादेखि काम विहीन बनेको छ । जेठ २ गते तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट टुक्रिएर कानून न्याय तथा प्रदेश सभा मन्त्रालय गठन भएको थियो ।

तर, सङ्घ सरकारले अख्तियारी नदिएको र सचिव पनि नपठाएका कारण काम गर्न समस्या भएको मन्त्री प्रमोद कुमार यादवले बताउनुभयो । मधेश प्रदेशमा नेपाली काँग्रेस सरकारमा सहभागि भएपछि ५ मन्त्रालयले टुक्र्याएर अहिले ११ मन्त्रालय बनेको छ । तर, मन्त्रालयमा कर्मचारी अभावका कारण अन्य मन्त्रालयका कामकाज पनि प्रभावकारी रुपले अघि बढ्न सकेको छैन ।

Leave a Comment