प्रदर्शनका क्रममा तोडफोड भएको बुटिकलाई सरकारद्वारा क्षतिपूर्ती दिने

मुख्य खबर बुधबार फाल्गुन ११, २०७८

काठमाडौं । गृहमन्त्रालयले आजभोली केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु¥याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो ।

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए। जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ । यसैविच गृहमन्त्री बालकृष्ण खाणले आन्दोलनकारीले तोडफोड गरेको बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिकको क्षति सरकारले हेर्ने बताउनुभएको छ ।

श्रेष्ठलाई हिजो साँझ टेलिफोन गरी गृहमन्त्री खाणले साथमा सरकार रहेकाले नआत्तिन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ । त्यो भन्दा पहिले हिजो नै काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुले पसलको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

Leave a Comment