काठमाण्डौमा फोहोर नउठ्दा दुर्गन्ध फैलियो

समाज बुधबार फाल्गुन ११, २०७८

काठमाण्डौ। विगत केही दिनदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोल जाने पासाङ् ल्हामु राजमार्ग अन्तर्गतको जिरो माइल नजिकै छ किलोमिटर सडक मर्मत कार्य गर्नुपरेकाले फोहोर उठ्न नसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले अझै एक–दुई दिन फोहोर नउठ्ने उहाँको भनाइ छ । सडक निर्माण कार्यमा ठेकेदारले ढिलासुस्तीले गर्दा फोहोर उठाउन समस्या भइरहेको जनाइएको छ । कालोपत्रे नगरी गाडी चलाउन नै नमिल्ने भएकाले कालोपत्रे सम्पन्न भएपछि मात्र फोहोर उठाउन थालिने डंगोलले बताउनुभयो । अबको एक–दुई दिनमा कालोपत्रे सकिने र फोहोर उठाउन थालिने डंगोलले बताउनुभयो ।

Leave a Comment