काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।
लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमो अभिनय गर्दै आउनुभएको थियो ।