काठमाडौं । सर्वाेच्च अदातलले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध परेको रिटको दरपिठ गरिदिएको छ । सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको हो ।
नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै प्रशासनले दरपीठ गरेर्को वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।
सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसीसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका थिए। भण्डारीले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्।
बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले हिजो दायर गरेको रिट निवेदनलाई सर्बोच्च अदालत प्रशासनले आज दरपीठ गरिदिएको छ। रिटमा एमसीसी संविधान कानुन र अन्तर्राष्ट्रिय कानुन बिपरित भएकोले अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गरिएको थियो।