काठमाडौं । गैर कानूनी रुपमा जुवा खेलाएको आरोपमा एक चिनियाँ नागरिक सहित ३७ जना पक्राउ परेका छन् । नयाँ बानेश्वरको एक घरमा गोप्य रुपमा जुवातास खेलाइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।