काठमाडौं । बैतडीको पाटन नगरपालिकाले मंगलबार शोक बिदा दिएको छ । हिजो साँझ भएको टिपर दुर्घटनामा ३ विद्यार्थीसहित ४ जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो। दुर्घटनामा विद्यार्थीको मृत्यु भएकोले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
नगरपालिकाले सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।