एमसीसीलाई आँखा चिम्लेर स्वीकारछौं:कांग्रेस प्रवक्ता महत

मुख्य खबर सोमवार फाल्गुन ९, २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीलाई आँखा चिम्लेर स्वीकार गर्ने बताउनु भएको छ । प्रतिपक्ष दल एमालेको संसद अवरुद्ध र सत्ता घटक दलको विरोधका बाबजुद सरकारले हिजो संसदमा एमसीसी परियोजना टेबल गरेको थियो ।
चौतर्फी विरोधका बाबजुद सरकारले अघि बढाएको एमसीसी परियोजनाबारे कांग्रेस प्रवक्ता महतले उक्त सहयोग रकम आँखा चिम्लेर स्वीकार गर्ने बताउनु भएको हो । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

प्रवक्ता महतले भने, ‘कुन रुपमा सहयोग गर्नुहुन्छ हेर्न बाँकी छ, तर पास नहुने अवस्था आउँदैन ।’ संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

 

Leave a Comment