मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाल पक्राउ

समाज सोमवार फाल्गुन ९, २०७८

काठमाडौँ । बैंकिङ कसुरको मुद्दाका अभियुक्त मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । चेक बाउन्सको उजुरीका आधारमा प्रहरीले अग्रवालाई पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए । ५० लाख रुपैयाँको चेक बाउन्सको अभियोगमा करिब ६ महिना अघि नै टंक समशेर जबरा र संजय अधिकारीको उजुरी परेको थियो,’ एसएसपी गिरीले भने, ‘सोही उजुरीका आधारमा शनिबार पक्राउ गरिएको हो ।’ बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए ।

 

फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका थिए । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए । सम्पर्कमा आएपछि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए । सो क्रममा आफ्नो जायजेथा बेचेर भएपनि सबै ऋण चुक्ता गर्ने प्रतिवद्धता गरेका थिए ।

६ महिना अघिको उजुरीका आधारमा प्रहरीले अहिले किन अग्रवालाई प्रक्राउ गर्यो भन्ने विषयलाई चासो र आशंकाका रुपमा हेरिएको छ ।यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति केही धितो त राखेका छन् ।

Leave a Comment