ललितपुर महानगरपालिकामा कोरोनाको बुस्टर डोज खोप लगाइदैं

मुख्य खबर सोमवार फाल्गुन ९, २०७८

काठमाडौं । ललितपुर महानगरपालिकामा कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने भएको छ । महानगरपालिकाका २९ वटा वडाका नागरिकलाई आज र भोली बुस्टर डोज खोप लगाउन लागिएको हो । खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ ।

यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

खोप लगाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ ।

Leave a Comment