नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको अध्यक्षमा न्याैपाने निर्वाचित

समाज आइतवार फाल्गुन ८, २०७८

डिसी । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाको साधारण सभा एवम् नेतृत्व हस्तान्तरण कार्यक्रम ब्लुभ विश्वविद्यालयमा सम्पन्न भएको छ । निवर्तमान  अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष  प्रकाश सुवेदी २०२०-२०२२काे  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संस्थाका पूर्व अध्यक्ष क्रमश: देबराज कंडेल, पूर्ण बिक र राज आचार्यले संस्थाको प्रगती र बोर्डबाट भएको राम्रो कामको प्रशंसा गर्दै आगामी कार्यसमितिको सफलताको कामना समेत गरे ।

साधारण सभाले आर्थिक वर्ष२०२२ – २०२४ काे  लागि अध्यक्ष पदको जिम्मेवारीमा  धिरेन्द्र न्यौपानेलाइ सुम्पेकाे छ । साथै साधरण सभाबाट  उपाध्यक्षमा  सुशील श्रेष्ठलाइ निर्विराेध निर्वाचित गरेकाे छ । कार्यक्रम समापनको पूर्व सन्ध्यामा वर्तमान कार्य समितिका निवर्तमान अध्यक्ष  कृष्ण कंडेल ले संस्थापकहरु, पूर्व अध्यक्षहरु, निर्बाचन समितिका पदाधिकारीज्युहरु सबैलाई टोकन अफ appreciations को रुपमा खादा लगाई सम्मान गरेका थिए ।

संस्थाको वार्षिक  कर  व्यवस्थामा अनबरत रुपमा सहयोग गरेका संस्थाका सल्लाहाकार एबंम् कर अधिकृत  शालिकरामलाई पनि अभिनन्दन गरे ।  नवनिर्वाचित अध्यक्ष  धिरेन्द्र न्यौपानेले आफ़नो टिम यथाशिघ्र गठन गरी संस्थाको श्रीबृदीको लागि खट्ने विश्वास साधारणसभा समक्ष प्रस्तुत गरे ।

साधारण सभाको moderation/ संचालन संस्थाका सह -सचिब   रघु सापकोटाले  गरेका थिए ।  नव निर्वाचित अध्यक्ष  धिरेन्द्र न्यौपाने  एबं उपाध्यक्ष श्री सुशील श्रेष्ठलाई हार्दिक बधाई र सफल कार्यकालको सुभकामना व्यक्त गरेकाे छ ।

Leave a Comment