काठमाडौं । माओवादी नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय एमसीसी प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले असहमती जनाएपनि अर्थमन्त्री शर्माद्वारा नै एमसीसी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
एमसीसीको विरोधमा सत्तासिन दल नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीका कार्यकर्ता सहित सडकमा आन्दोलन चर्कारहेका छन् । संसद बैठक सुरु हुने वित्तिकै एमालेले बैठक अवरुद्ध गरिसकेको छ।