काठमाडौं । सत्तारुढ दल गठबन्धन दलहरुबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेपछि हजारौंको संख्यामा नागरिकहरु र दलका भातृ संगठनहरु स्वस्फूर्त रुपमा संसद भवन अगाडी प्रदर्शमा उत्रेका छन् ।
प्रर्दशनकारीहरुले निषेधी क्षेत्र तोड्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानी फहरा र लाठ्ठी चार्ज गरेको छ । प्रहरीको लाठ्ठी चार्जबाट दर्जनौं प्रर्दशनकारी घाइते भएका छन् ।