एमसीसीलाई संसदमा टेबल गर्ने विषयमा प्रचण्ड र देउवाबीच मतभेद

Uncategorized आइतवार फाल्गुन ८, २०७८

काठमाडौं । एमसीसीलाई प्रतिनिधि सभाको बैठकमा टेबल गर्ने विषयमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यग पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाबीच मतभेद देखा परेको छ । आइतबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा संसद्‍मा एमसीसीबारे पार्टीगत धारणा राख्ने सहमति भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले एमसीसीबारे गठबन्धनमा भएको छलफलपछि भनेको छ, अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि हाल लामो समयदेखि सदन अवरुद्ध भएको र अरु कुनैपनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेबल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो ।

 

एमसीसी टेबुल गर्ने भए छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने दाहालले आग्रह गरेको बताइएको छ । यदी तपाईं टेबल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो तर प्रधानमन्त्री भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ,ु दाहालको सचिवालयले भनेको छ ।

Leave a Comment