आँधीमा परि युरोपमा १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय आइतवार फाल्गुन ८, २०७८

एजेन्सी । युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ । तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन् । बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।

तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ । दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ । यातायात सञ्जाल टुटेको छ । शुक्रबार आँधीका कारण करिब २०० किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको थियो । नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको ज्यान गएको छ। पोल्याण्डमा पनि चारजनाको ज्यान गएको छ।

इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । रिपब्लिक अफ आयरल्याण्डमा एकजनाको ज्यान गएको छ ।

Leave a Comment