एनआरएनएको निर्वाचन कुनै पनि हालतमा रोकिदैन

समाज आइतवार फाल्गुन ८, २०७८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् ।

गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको तयारीको लागि बद्री केसी पक्षले गएराति आयोजना गरेको अन्तरकृया कार्यक्रममा सहभागीहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन ।

गैरआवासीय नेपाली संघको गत अक्टोवरको लागि तय भएको १० औं महाधिवेशन पटकपटक रोकिएपछि संघका अभियान्ताहरुले संघलाई विघटनको दिशामा लैजान खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

करिब ४० देशका राष्ट्रिय समितिका अध्यक्षहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले ६१ देशका महाधिवेशन प्रतिनिधि कटौती गर्न लागेकोप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

Leave a Comment