पेट्रोलियम प्रदार्थको मूल्य फेरी पनि बढ्यो

समाज आइतवार फाल्गुन ८, २०७८

काठमाडौं । पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ बढेको निगमका सहप्रवक्ता पुष्कर कार्कीले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ५९ पैसा, डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ९८ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय ६० रुपैयाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

Leave a Comment