काठमाडौं । प्रतिनिसभाको वैठक आज बस्दै छ । वैठक दिउसो १ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको आजको वैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) समावेश गरिएको छैन ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीमा एमसीसी समावेश नगरिएको हो । सार्वजनिक कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने उल्लेख गरिएको छ । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले विहान साढे ११ संघीय संसदमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।
तर नेकपा एमालेले भने आजको संसद वैठक अबरुद्ध गर्ने जनाएको छ । नेकपाल एमालेका अपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपा एमालेले आजको संसद वैठक अबरुद्ध पार्ने नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।