काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यो सगै नेपालमा हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २४ सय ५४ जना व्यक्तिहरु संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म १४ हजार ४३५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।