एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

मुख्य खबर शुक्रबार फाल्गुन ६, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण शुक्रबार बसेको प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेको थियो । अवरोधबीच प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । अर्को बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

Leave a Comment