काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका कमल थापाले राप्रपा परित्याग गर्दै पून राप्रपा बिउत्याएका छन् । थापाले बिहिबार सामाजिक सञ्जाल मार्फत राप्रपा नेपाल बिउत्याएको बताएका छन् ।
उनले भनेका छन, करिव ५ वर्षको अलमल पछि हामी आफ्नो घर फर्केका छौँ। राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौँ। विगतका गल्ती कमजोरीहरु सच्याउँदै नयाँ उर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरुलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु।
फागुन ७ गते प्रजातन्त्र दिवसको ऐतिहासिक अवसरमा राष्ट्रिय सभागृहमा ११ बजे हुने घोषणा सभामा हार्दिक आमन्त्रण गर्दछु । थापाले भिडियो सन्देश मार्फत हिन्दु राज्यको माग सहित जनता माझ जाने बताएका छन् ।
विगतमा संवैधानिक राजतन्त्रको वकालत गर्दै राप्रपा पाटीृ नफुटाउने गिता छोएर कसम खाएका थापा राप्रपाको अध्यक्षमा पराजित भएपश्चात विछिप्त बन्दै सामाजिक सञ्जालमा लेख्दै आएका थिए । उनको सामाजिक सञ्जालमा समेत व्यापक आलोचना हुँदै आइरहेको छ ।