सत्तारुढ गठबन्धनको बैक बिना निष्कर्ष टुंगियो, अर्काे बैठक ८ गते पून: बस्ने

मुख्य खबर शुक्रबार फाल्गुन ६, २०७८

काठमाडौं । सत्तारुढ दल गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न सकेन।

बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि ८ गते बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए।

‘प्रधानमन्त्रीले आजै एमसिसी संसदमा पेस गरौं भन्नुभएको थियो। हामीले भोलि हाम्रो पार्टीको स्थायी कमिटी बैठक छ। पर्सि फेरि छलफल गरौं भन्यौं,’ नेपालले भने,‘प्रधानमन्त्री आज एमसिसी संसदमा पेस नगर्न सहमत हुनुभयो।’
सत्तारुढ गठबन्धन भित्र एमसीसीको विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिपक्ष दलसँग समेत सत्ता साझेदारका लागि छलफल अघि बढाएका छन ।

Leave a Comment