एमसीसीको विरोधमा ८ दलले आज पनि विरोध प्रदर्शन गर्दै

मुख्य खबर शुक्रबार फाल्गुन ६, २०७८

काठमाडौं । एमसीसीको विरुद्धमा ८ दलले आज पनि देशभर विरोध प्रदर्शन गर्ने भएको छ । एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको हिजो बसेको बैठकले आज विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

काठमाडौंको बानेश्वरमा ८ दलले आज मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्ति मार्फत जनाएको छ । एकातिर अमेरिकी साम्राज्यवाद तिनका दलाल संसदवादी दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दै छन् भने अर्कोतिर राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्तिपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुविकरण भैइरहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै ८ दलले गएको ४ गते भएको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले माग गरेका छन् ।

Leave a Comment