काठमाडौंको ढुंगेधारमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

मुख्य खबर शुक्रबार फाल्गुन ६, २०७८

काठमाडौं । काठमाडौंको ढुंगेअड्डास्थित एक पेट्रोलपम्प नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता दिनेस मैनालीले बताउनु भएको छ ।

कालिका पेट्रोलपम्प नजिकै शंकास्पद बस्तु भेटिएपछि त्यसक्षेत्रमा सवारी आवतजावत बन्द गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment